काठमाडौं । पूर्वमन्त्री महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनाविरुद्धको घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया सम्पन्न गरेको छ।

माइतीघर मण्डलामा शोभा पाठकसँग भएको विवादपछि वैशाख १४ गते अम्बिका बस्नेतसहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। सो घटनामा संलग्न सबै १० जनामाथिको अनुसन्धान टुंग्याएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

advertisement

उनका अनुसार सोमबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलसमक्ष पेस गरिएको हो। प्रहरीको रायमा उनीहरूमाथि ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने उल्लेख गरिएको छ।

उक्त घटनामा संलग्न सबै अभियुक्त महिला रहेका छन्। वैशाख १४ गते शोभा पाठक र रश्मिला धामीसहितका महिलाहरू माइतीघरमा सुधन गुरुङको पुनर्बहालीको माग गर्दै धर्नामा बसेका बेला अम्बिका बस्नेत आफ्नो समूहसहित त्यहाँ पुगेकी थिइन्। त्यसक्रममा दुई पक्षबीच झडप भई हात हालाहालको अवस्था सिर्जना भएको थियो।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com