काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिंहदरबार परिसरभित्रबाटै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका एसपी पवन भट्टराईले दिएको जानकारीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिरहेका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सेयर कारोबारमा विवादित व्यापारीसँग गृहमन्त्रीको साझेदारी रहेको भन्दै पछिल्ला दिनहरूमा गुरुङमाथि निरन्तर आलोचना भइरहेको छ। सोही विवादका बीच राजीनामा माग गर्दै प्रदर्शन चर्किँदै गएको बताइएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया