काठमाडौं । प्रहरीले गत भदौ २३ र २४ गते जेन–जी युवाहरूको आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका तीन जना कैदीबन्दीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दाका दाङ गढवा गाउँपालिका–१ निवासी ३६ वर्षीय विनोद कुमाल, कर्तव्य ज्यान तथा डाका चोरी मुद्दाका रामेछाप लिखु गाउँपालिका–५ धोबीका ३३ वर्षीय प्रेम तामाङ र चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नुवाकोट पञ्चकन्या गाउँपालिका–९ का २९ वर्षीय नवराज थापा रहेका छन्।

advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार उनीहरू काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी बसिरहेको सूचनाका आधारमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार कुमाललाई लागुऔषध मुद्दामा अदालतले एक वर्ष तीन महिना कैद सजाय सुनाएको थियो। तामाङ कर्तव्य ज्यान तथा डाका चोरी मुद्दामा २५ वर्ष कैद भुक्तान गरिरहेका थिए भने थापा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए।

पक्राउ परेका तीनै जनालाई बिहीबार केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com