विराटनगर । मोरङ प्रहरीले लागुऔषधको कारोबार, आपराधिक गतिविधि तथा समाजमा अशान्ति फैलाउने कार्यमा संलग्न ७२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी, धम्की, गुन्डागर्दी तथा विभिन्न अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै विशेष ‘स्वीप अपरेसन’ सञ्चालन गरिएको थियो। उक्त अभियान बिहीबार (वैशाख १०) साँझदेखि शुक्रबार (वैशाख ११) बिहानसम्म सञ्चालन गरिएको हो।

अभियानका क्रममा लागुऔषध बिक्री–वितरण, सञ्चय तथा ‘टोले गुन्डा’का रूपमा चिनिएका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com