पर्वत । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार साँझ घरभित्र बसिरहेको अवस्थामा चट्याङ परेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँ निवासी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा शनिबार निधन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

advertisement

प्रहरीका अनुसार अचानक परेको चट्याङले उनलाई घरभित्रै अचेत बनाएको थियो। गम्भीर अवस्थामा रहेकी लामिछानेलाई तत्काल प्रदेश अस्पताल पर्वत लगिएको भए पनि उपचारको क्रममा ज्यान जोगाउन सकिएन।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com