काठमाडौं । रास्वपा सांसद विश्वराज पोखरेलले विवादित अभिव्यक्ति र व्यवहारका विषयमा सार्वजनिक रूपमा माफी मागेका छन्।

ओखलढुङ्गाबाट निर्वाचित तथा पूर्व एआईजी समेत रहेका पोखरेलले आफ्नो गृह जिल्ला खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा प्रधानाध्यापकले स्वागत गर्न नआएको विषयमा असन्तुष्टि व्यक्त गर्दै असहज व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा परेका थिए।

advertisement

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै उनको अभिव्यक्ति र व्यवहारप्रति व्यापक आलोचना भएको थियो।

यसैबीच, पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण सन्दर्भ नबुझी छोटो भिडियो क्लिप मात्र सार्वजनिक हुँदा वास्तविकता तोडमोड भएको दाबी गरेका छन्। उनले काटछाँट गरिएको दृश्यका आधारमा घटनालाई गलत रूपमा प्रस्तुत गरिएको बताएका छन्।

विश्वराज पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘पूरै सन्दर्भ नआउँदा केही क्षणका दृश्यले मात्र घटनालाई गलत रूपमा चित्रण गरिएको छ, जसले विवाद सिर्जना गर्‍यो, त्यसप्रति म खेद प्रकट गर्दछु।’

उनले सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ संयमित र मर्यादित हुनुपर्ने कुरा स्वीकार गर्दै भविष्यमा थप सचेत रहने प्रतिबद्धता समेत जनाएका छन्। साथै, यदि आफ्नो व्यवहारका कारण कसैलाई असहजता भएको भए त्यसप्रति पनि उनले माफी मागेका छन्।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com