काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वामित्वमा रहेको जग्गामा विभिन्न सङ्घसंस्थासँगै सुकुम्बासीले समेत अनधिकृत रूपमा अतिक्रमण गरेको पाइएको छ ।

त्रिविले गठन गरेको ‘जग्गा तथा अचल सम्पत्ति छानबिन समिति’ को प्रतिवेदनअनुसार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरभित्र बागमती नदी किनार आसपासको जग्गामा सुकुम्बासी बस्ती विस्तार हुँदै अतिक्रमण भएको उल्लेख छ ।

advertisement

समितिले अतिक्रमणको अवस्था गम्भीर देखिए पनि आवश्यक तथ्याङ्क, कागजात तथा प्रमाण संकलनमा कठिनाइ भएको जनाएको छ । साथै, समय अभाव र सम्बन्धित पक्षको अपेक्षित सहयोग नपुगेकाले कति क्षेत्रफल जग्गा अतिक्रमण भएको हो भन्नेबारे स्पष्ट निष्कर्षमा पुग्न नसकिएको प्रतिवेदनमा उल्लेख छ ।

यस विषयमा थप विस्तृत र गम्भीर छानबिन आवश्यक रहेको निष्कर्ष निकाल्दै समितिले सरकारले वा विश्वविद्यालय प्रशासनले अधिकार सम्पन्न छुट्टै निकाय गठन गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com