एजेन्सी । बेकासी क्षेत्रमा दुई रेल एकआपसमा ठोक्किँदा भएको भीषण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार साँझ करिब ८ः५० बजे जकार्ता–बेकासी रेलमार्गमा सञ्चालनमा रहेका दुई लामो दूरीका रेल आपसमा जुध्दा दुर्घटना भएको जनाइएको छ।
दुर्घटनापछि प्रबोवो सुबिआन्तो बेकासीस्थित अस्पताल पुगेर घाइते तथा मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले घटनाको छिटो र निष्पक्ष अनुसन्धान गरिने प्रतिबद्धता पनि जनाएका छन्।
रेल सञ्चालन कम्पनीका प्रमुख कार्यकारी बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार मृतकहरूको पहिचानका लागि शवलाई प्रहरी अस्पताल पठाइएको छ भने घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
घटनाको कारण पत्ता लगाउन रेल अपरेटर तथा राष्ट्रिय यातायात सुरक्षा समितिले संयुक्त रूपमा अनुसन्धान अघि बढाइरहेको जनाइएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया