रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ।

advertisement

प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com