काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी छन् ।

२०८२ साल चैत २५ गते सिर्जन नेम्वाङ र सुमित नेम्वाङको हत्या गरी हतियारसहित भागिरहेका अभियुक्तहरूलाई एक्लै लखेटी नियन्त्रणमा लिन सफल भएकी उनलाई मृतक दाजुभाइका आमाबुवाले नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

advertisement

प्रहरी प्रभाग मंगलबजारमा कार्यरत बोहराको यो अत्यन्तै साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी परिसर ललितपुरको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरिएको हो ।

आफ्ना दुई छोरा गुमाएका आमाबुवाले हत्यारालाई ज्यानको बाजी थापेर पक्रन सफल भएकोमा बोहराप्रति कृतज्ञता प्रकट गर्दै ३५ हजार १०५ रुपैयाँ नगद प्रदान गरे। परिसरको सभाहलमा भएको उक्त कार्यक्रममा प्रहरीका वरिष्ठ अधिकारीहरूसँगै मृतकका आफन्तहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com