काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई दुईदिने प्रशिक्षण दिने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई यही वैशाख २६ र २७ गते काठमाडौंमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

advertisement

आचार्यले पार्टीको संसदीय दललाई पठाएको पत्रमा “पार्टीबाट संसद्‌मा प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा मिति २०८३ वैशाख २६ र २७ गते संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने २ दिने प्रशिक्षण कार्यक्रममा” अनिवार्य सहभागिताका लागि भनिएको छ ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com