• सांकेतिक तस्विर

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबारभित्र सञ्चालित एक क्यान्टिनलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण परिसरमा रहेको ‘हाम्रो खाजा घर’मा म्याद सकिएको दही बिक्री भइरहेको भेटिएपछि विभागले कारबाही गरेको हो।

advertisement

उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा बुधबार गरिएको आकस्मिक अनुगमनका क्रममा उक्त क्यान्टिनमा म्याद गुज्रिएको दही फेला परेको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसारको कसुर ठहर गर्दै ऐनको दफा ३९ (१) (ख) बमोजिम २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

यससँगै विभागले उक्त दही उत्पादक ‘श्री कृष्ण डेरी फर्म’लाई व्यवसाय दर्ता प्रमाणपत्र पेश गर्न निर्देशन दिएको छ। साथै ‘हाम्रो खाजा घर’लाई दही खरिदसम्बन्धी बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ।

सिंहदरबार जस्तो संवेदनशील सरकारी परिसरमै अखाद्य वस्तु बिक्री भएको पाइएपछि विभागले अनुगमन अझ कडा बनाउने संकेत दिएको छ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com