काठमाडौं। दक्षिण एसियाली मुलुकबीच व्यापार, उद्योग र सेवा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०८३’ आजदेखि काठमाडौँमा सुरु भएको छ ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप मा सुरु भएको मेलामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ।

advertisement

वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन विभिन्न देशका राजदूत, उद्योगी तथा व्यवसायीहरूले संयुक्त रूपमा गरेका हुन्।

इन्ट्रोडक्सन ट्रेड शोज नेपालको व्यवस्थापनमा आयोजना गरिएको उक्त मेला बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्यमा सञ्चालन गरिएको हो।

साथै, भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले मेलालाई समर्थन गरेको छ।

मेलामा विभिन्न देशका ‘पेभिलियन’ राखिएका छन्। आयोजकका अनुसार सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी–व्यवसायी तथा एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोशाक, सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण तथा विद्युतीय सवारीसाधनलगायतका सामग्री प्रदर्शनमा राखिएका छन्।

मेला संयोजक सुमन महर्जनका अनुसार यस प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन, बजार सम्भावनाको अध्ययन, क्रेता–बिक्रेताबीच सहकार्य विस्तार तथा दक्षिण एसियाली देशबीच व्यापारिक सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com