काठमाडौं। सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापन र उद्यम विस्तारमा सहयोग पुर्याउने उद्देश्यसहित महिला उद्यमशीलता रणनीति तर्जुमा गर्ने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले महिला उद्यमशीलता प्रवर्द्धनका लागि विशेष रणनीति ल्याइने जानकारी दिएका हुन्।
सरकारले महिलाको आर्थिक सशक्तीकरण, उत्पादनको बजार पहुँच विस्तार तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै नीति अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार












प्रतिक्रिया