काठमाडौं। सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापन र उद्यम विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यसहित महिला उद्यमशीलता रणनीति तर्जुमा गर्ने भएको छ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले महिला उद्यमशीलता प्रवर्द्धनका लागि विशेष रणनीति ल्याइने जानकारी दिएका हुन्।

advertisement

सरकारले महिलाको आर्थिक सशक्तीकरण, उत्पादनको बजार पहुँच विस्तार तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्दै नीति अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com