काठमाडौं । काठमाडौंको जडीबुटीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–३२ कोटेश्वर–जडीबुटी सडकखण्डमा बा.प्र. ०२–०६० प १२७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ओखलढुंगा सिद्धिचरण नगरपालिका–९ निवासी ४३ वर्षीय भुवन गुरुङ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा मंगलबार बिहान उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया