काठमाडौं। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘आइ एम जितबहादुर ’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।

चर्चित भारतीय गायक कैलाश खेरको सुमधुर स्वरमा सजिएको उक्त गीत मंगलबार साँझ दर्शकमाझ ल्याइएको हो ।

advertisement

राज सिंह सिद्धु र जितु नेपालको शब्द सिर्जनामा तयार भएको गीतमा बोब एस.एन.को सङ्गीत रहेको छ ।

चलचित्र ‘आइ एम जितबहादुर’मा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री तथा देशभक्त खनालको अभिनय रहेको छ ।

चलचित्रका छायाङ्कन निर्देशक अरविन्द नारायण दोलाइ रहेका छन् ।

कर्मभूमि क्रियशन प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता जितु नेपाल हुन् भने चलचित्रको कथा तथा निर्देशन सुवेन्दु राज घोषले गरेका छन् ।

चलचित्रमा राजन सिम्खडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् भने निश्‍चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा आबद्ध छन् ।

वैशाख २९ गते साँझ ४ः१५ बजे सार्वजनिक गरिएको उक्त गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

मनोरञ्जनसँगै नयाँ स्वाद र फरक अनुभूति दिने अपेक्षा गरिएको यस गीतले चलचित्रप्रति दर्शकको उत्साह अझ बढाउने विश्वास निर्माण टोलीले लिएको छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com