काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयका अनुसार उक्त भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध र स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

advertisement

भेटका क्रममा राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना दिएका थिए । प्रत्युत्तरमा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रमा भारत सरकारले प्रदान गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरिन् ।

दुवै पक्षबीच नेपालका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण तथा विशिष्टीकृत उपचार सेवा विस्तारका विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आगामी दिनमा स्वास्थ्य पूर्वाधार विकासमा भारतीय सहयोगलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा समेत सहमति भएको छ । नेपाल–भारतबीच स्वास्थ्य क्षेत्रमा रहँदै आएको सहकार्यलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com