तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर नियन्त्रण का लागि अनौठो निर्णय गर्दै जेठ १ गते नगरभर सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाले बाँदरलाई बस्ती तथा खेतीयोग्य क्षेत्रबाट धपाउन ठूलो संख्यामा जनशक्ति परिचालन गर्नुपर्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

advertisement

नगरप्रमुख अर्जुन माबोहाङका अनुसार बाँदर नियन्त्रण अभियान प्रभावकारी बनाउन स्थानीयवासीको सामूहिक सहभागिता आवश्यक भएकाले उक्त दिन अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहनेछन् ।

नगरपालिकाद्वारा जारी सूचनामा “धेरै मानिस एकसाथ परिचालन भए मात्रै बाँदरलाई प्रभावकारी रूपमा धपाउन सकिने भएकाले सार्वजनिक बिदा दिएर अभियान सञ्चालन गर्न लागिएको” उल्लेख गरिएको छ ।

पछिल्लो समय बाँदरको आतंकका कारण स्थानीयवासीको खेतीपातीमा क्षति पुग्दै आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com