काठमाडौं । लमजुङमा मोटरसाइकल दुर्घटनामा परी एक वृद्धको ज्यान गएको छ।

बेसीशहर नगरपालिका–११, रामचोक बेसीस्थित सडकमा उदिपुरबाट रामचोकतर्फ जाँदै गरेको ग.प्र.०१–००१ प ०१६९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ७४ वर्षीय मोहनिधि सेढाईको उपचारका क्रममा शुक्रबार बिहान प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको नेपाल प्रहरी ले जनाएको छ।

उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com