काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभरका विभिन्न वडामा भेला आयोजना गरेको छ। तदर्थ समिति गठन हुन बाँकी रहेका वडाहरूमा विशेष रूपमा भेला केन्द्रित गरिएको पार्टीले जनाएको छ।
आज आयोजित भेलामार्फत ती वडाहरूमा तदर्थ समिति गठन गरिने र संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने लक्ष्य लिइएको छ।
रास्वपा यतिबेला आफ्नो पहिलो महाधिवेशनको तयारीमा सक्रिय रहेको छ। संगठन सुदृढीकरण र विस्तारलाई प्राथमिकतामा राख्दै पार्टीले आगामी असार ७, ८ र ९ गते चितवन मा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया