काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु गाउँपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई दिइएको धम्कीसम्बन्धी अडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गरिएको छ।

advertisement

प्रकाश खड्का नाम गरेका व्यक्तिले वडा सचिव भण्डारीलाई टेलिफोनमार्फत धम्की दिएको अडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

विज्ञप्तिअनुसार, घटना सार्वजनिक हुनासाथ सम्बन्धित व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारबाही अघि बढाउन सुरक्षा तथा अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकिएको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com