काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक घर भई हाल काठमाडौँको शंखमुल बस्दै आएका २२ वर्षीय खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीको टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रकाशित मिति: २ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया