तेहरान। इरानी समाचार संस्था तास्निम न्युज एजेन्सी ले अमेरिका र इरानबीच भएको भनिएको सहमतिअनुसार स्ट्रेट अफ होर्मुज युद्धपूर्वको अवस्थामा फर्किने नभएको जनाएको छ ।
इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्स (आईआरजीसी) सँग निकट मानिने तास्निमले बिहानदेखि अमेरिका–इरान सम्झौताका विवरण सार्वजनिक गरिरहेको छ ।
तर अमेरिकाले अहिलेसम्म कुनै पनि सम्झौताबारे औपचारिक पुष्टि गरेको छैन ।
तास्निमका अनुसार स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा यथास्थितिमा फर्किने नभए पनि त्यहाँबाट आवतजावत गर्ने जहाजहरूको संख्या भने ३० दिनभित्र युद्धअघिको स्तरमा पुग्न सक्नेछ ।
समाचारमा इरानले स्ट्रेटमाथि आफ्नो सार्वभौमिक अधिकार कायम राख्ने विषयमा जोड दिएको उल्लेख छ ।
यससँगै अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने तथा बाहिरिने जहाजमाथि लगाएको नौसैनिक नाकाबन्दी ३० दिनभित्र पूर्ण रूपमा हटाउनुपर्ने माग पनि इरानले गरेको बताइएको छ ।
यो सहमतिले मध्यपूर्वको जलमार्गमा तनाव घटाउने अपेक्षा गरिए पनि इरानले आफ्नो सार्वभौमिकता र नियन्त्रण कायम राख्ने अडान भने कायमै राखेको देखिन्छ ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया