काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहलाई कम्तीमा एक मिनेट भए पनि प्रतिनिधिसभाको रोस्ट्रममा उपस्थित भएर संसद्लाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसद्प्रति जवाफदेही हुनुपर्ने र आवश्यक परे प्रत्यक्ष रूपमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने बताए ।

advertisement

दुलालले प्रधानमन्त्री संविधान र संसद्को दायराभन्दा बाहिर हुन नसक्ने भन्दै संसद्‌लाई सम्बोधन गर्न कुनै बहाना स्वीकार्य नहुने धारणा राखे । उनले व्यंग्य गर्दै भने, ‘प्रधानमन्त्रीलाई छुट दिनुपर्ने हो भने सरकारबाट नै आग्रह आउनुपर्छ, नत्र उहाँ यही संसद्‌बाट जन्मिनुभएको हो ।’

उनका अनुसार प्रधानमन्त्री कम्तीमा एक मिनेट भए पनि संसद्को रोस्ट्रममा उभिएर आफ्ना विषय स्पष्ट पार्नुपर्छ र संसद्को मर्यादा तथा गरिमा कायम राख्नुपर्छ ।

दुलालले संविधान र संसद् नियमावलीअनुसार प्रधानमन्त्रीले जिम्मेवारी बहन गर्नुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com