काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लंघनसम्बन्धी घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झा र सांसद दीपक बोहोरामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न आयोगले गठन गरेको विशेष अध्ययन समितिले उनीहरूमाथि अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले आन्दोलनका क्रममा भएका गतिविधि, सम्बद्ध व्यक्तिहरूको भूमिका तथा मानवअधिकार उल्लंघनका आरोपबारे अध्ययन गरेको थियो । सोही अध्ययनपछि झा र बोहोराको भूमिकामाथि थप अनुसन्धान गर्न आयोगले सिफारिस गरेको जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया