काठमाडौं। नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा बुधबार आकस्मिक छापा मारेको छ ।

डीडीसीभित्र ठूलो आर्थिक अनियमितता र वित्तीय कैफियत भएको विशेष सूचनापछि सीआईबीको टोली अनुसन्धानका लागि कार्यालय पुगेको हो ।

advertisement

सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले डीडीसीसँग सम्बन्धित गम्भीर र संवेदनशील सूचना प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको पुष्टि गरेका छन् । उनले अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने बताए ।

प्रहरी स्रोतका अनुसार सीआईबीले डीडीसीको आर्थिक कारोबार, खरिद प्रक्रिया तथा प्रशासनिक निर्णयसँग सम्बन्धित महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

संस्थानभित्र लामो समयदेखि आन्तरिक विवाद, गुटबन्दी र वित्तीय पारदर्शितामाथि प्रश्न उठ्दै आएका बेला सीआईबीले गम्भीर अध्ययन थालेको बुझिएको छ । नियन्त्रणमा लिइएका कागजातको अध्ययनपछि मात्रै अनियमितताको वास्तविक अवस्था र संलग्न व्यक्तिको पहिचान हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com