काठमाडौ । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार आयोजित एक कार्यक्रममा उनले कांग्रेस परित्याग गर्दै रास्वपामा प्रवेश गरेको घोषणा गरेका हुन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। पछिल्लो समय उनी रास्वपा प्रवेश गर्ने चर्चा चल्दै आएको थियो, जसका कारण कांग्रेस जुम्लाले उनलाई स्पष्टीकरण समेत सोधेको थियो।

उनीसँगै एक स्वतन्त्र रूपमा निर्वाचित वडा अध्यक्ष पनि रास्वपामा प्रवेश गरेका छन्। स्रोतका अनुसार, आगामी निर्वाचनमा रास्वपाबाट पुनः गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने तयारीसहित बुढा पार्टी प्रवेश गरेको बताइएको छ।

स्रोतका भनाइअनुसार, कांग्रेसले आगामी निर्वाचन जित्न कठिन हुने निष्कर्ष निकाल्दै उनी रास्वपातर्फ लागेको दाबी गरिएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com