काठमाडौँ । पछिल्लो २४ घण्टामा १,७७३ सवारीचालकहरू ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। सो कारबाहीबाट राज्यकोषमा रु ६ लाख ४४ हजार ५०२ राजस्व सङ्कलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०० जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ११८ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १३६ जना तथा तीव्र गतिमा सवारी चलाउने २३७ जनासहित कुल १,७७३ जना चालकलाई कारबाही गरिएको हो।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया