जनकपुरधाम । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।

अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार लिखत किर्तेसम्बन्धी मुद्दामा चार लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ। दुवै मुद्दामा तोकिएको धरौटी रकम बुझाएपछि सिंह रिहा हुन सक्नेछन्।

advertisement

मेयर राजेशमान सिंहलाई मंगलबार बिहान पर्साको ठोरी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध पर्सा जिल्ला अदालतले जेठ १२ गते नै पक्राउ पुर्जी जारी गरेको थियो।

वीरगञ्ज महानगरपालिका–३ निवासी लियाकत अलीले २०८० माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा सिंहविरुद्ध सरकारी कागजात तथा नागरिकता सम्बन्धी किर्ते गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए।

उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही प्रकरणमा अदालतले थुनछेक बहसपछि धरौटीमा रिहा हुने आदेश दिएको हो।

यस घटनाले वीरगञ्जको स्थानीय राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ भने मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com