वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० स्थित फच्र्युन सिटी गेमिङ क्लबमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको तथा खेलेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहीबार राति छापा मारेर जुवा खेल्ने ९ जना र नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउने ३ जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरू वीरगञ्ज, पर्सा, बारा, काभ्रे, सिन्धुली, काठमाडौं, बैतडी र सिरहाका रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This