काठमाडौं । चितवनको माडी नगरपालिका–९ स्थित रातोमाटे डाँडा क्षेत्रमा मोटरसाइकल बाघसँग ठोक्किँदा चालक घाइते भएका छन्।

माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल बाघसँग ठोक्किएको हो। दुर्घटनामा परी पर्साको ठोरी गाउँपालिका–१ निवासी करिब ४० वर्षीय अजित कुँवर घाइते भएका छन्।

advertisement

दुर्घटनामा कुँवरको बायाँ पाखुरा र टाउकोमा चोट लागेको बताइएको छ। उनलाई तत्काल स्वास्थ्य चौकी चोकबजार, ठोरीमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
घटनापछि उक्त क्षेत्रमा वन्यजन्तु आवतजावत गर्ने भएकाले सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com