काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार (जेठ २६) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

सोमबार बसेको बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि विशेष कारण देखाउँदै बैठकको समय परिवर्तन गरिएको हो।

advertisement

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबारका लागि तय गरिएको बैठक अब मंगलबार दिउँसो १ बजे बस्ने जानकारी दिएको छ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा विशेष परिस्थितिका कारण बैठकको मिति र समय परिवर्तन गरिएको उल्लेख गरिएको छ।

विपक्षी दलहरूको अवरोधका कारण पछिल्ला केही दिनयता संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com