काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली का १० मध्ये ९ जिल्लामा पहिलो अधिवेशन सम्पन्न गरी नयाँ जिल्ला समिति गठन गरेको छ ।

डोल्पा बाहेक सबै जिल्लामा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।

advertisement

डोल्पामा दुई महिनाअघि मात्र तदर्थ समिति गठन भएकोले राष्ट्रिय महाधिवेशनपछि मात्र अधिवेशन गर्ने तयारी छ ।

सुर्खेत जिल्लाको सभापतिमा प्रतिनिधिसभा सदस्य रमेश सापकोटा चयन भएका छन् ।

रुकुम पश्चिममा द्रोण खड्का, जाजरकोटमा महेश सिंह, सल्यानमा प्रकाश परियार, दैलेखमा बखत भण्डारी, कालिकोटमा प्रेमबहादुर केसी, जुम्लामा मकर भण्डारी, हुम्लामा लक्ष्मण ऐरी र डोल्पामा देवसिंह ऐरी सभापति बनेका छन् ।

मुगु जिल्लाको अधिवेशन भने अझै जारी छ ।

चुनावअघि कर्णालीमा संगठनात्मक रूपमा कमजोर रहेको रास्वपाले चुनावपछि भने तीव्र गतिमा संगठन विस्तार गरेको छ । गत चुनावमा कर्णालीबाट रास्वपाले एक सिट मात्र जितेको थियो ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com