काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आज बिहान बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुने भएका छन्। बैठक बिहान ८ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यय अनुमान (बजेट) का मुख्य व्यवस्थाहरूमाथि अर्थमन्त्रीसँग छलफल गरिनेछ। साथै समितिको मस्यौदा कार्यविधि र अन्य विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।

advertisement

अर्थ मन्त्रालयको सचिवालयका अनुसार मन्त्री वाग्ले बैठकमा उपस्थित हुनेछन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com