काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति नयाँ नियमावलीअनुसार पुनर्गठन गरिएको छ। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिका सदस्यहरूको मनोनयनबारे सदनलाई जानकारी गराएका हुन्।

advertisement

यसअघि प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको थियो। नयाँ नियमावली लागू भएसँगै समितिको आकार घटाएर १५ सदस्यीय बनाइएको हो।

नवनियुक्त कार्यव्यवस्था परामर्श समितिमा विभिन्न राजनीतिक दलका सांसदहरूलाई समेटिएको छ।

समितिमा मनोनीत सदस्यहरू निम्नानुसार रहेका छन् :

  • अच्युतम लामिछाने
  • आरेन राई
  • ऐनबहादुर महर
  • कविन्द्र बुर्लाकोटी
  • क्रान्तिशिखा धिताल
  • खुश्बु ओली
  • देवराज पाठक
  • निश्कल राई
  • निशा डाँगी
  • प्रकाशचन्द्र परियार
  • वासना थापा
  • युवराज दुलाल
  • राजन गौतम
  • राम लामा
  • विपीनकुमार आचार्य

कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको कार्यसूची व्यवस्थापन, बैठक सञ्चालनसम्बन्धी समन्वय तथा संसदीय गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिने महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com