काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण तथा मनी लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतका आधारमा विधेयक पारित भएको घोषणा गरेका हुन्।

विधेयकमाथिको छलफलमा सांसद प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्मालगायतले भाग लिँदै विभिन्न संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफलको अन्त्यतिर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाशचन्द्र परियार, कमल सुवेदी र हरिमोहन भण्डारीले आफ्ना संशोधन प्रस्ताव फिर्ता लिए। अन्य सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव भने प्रतिनिधिसभाबाट अस्वीकृत भए।

यसअघि सरकारले यही विषयमा अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले सम्पत्ति शुद्धीकरण तथा मनी लाउन्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो, जुन अब प्रतिनिधिसभाबाट पारित भएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com