काठमाडौं  । सुदूरपश्चिमका युवा नेता तथा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य कमल थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

धनगढीमा आयोजित रास्वपाको प्रदेश अधिवेशनका क्रममा थापालाई पार्टीका महामन्त्री भूपदेव शाहले स्वागत गर्दै पार्टीमा भित्र्याएका हुन्।

advertisement

विगतमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक समूहसँग आबद्ध रहेका थापा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनले बझाङ, बाजुरा र अछाम जिल्लामा विद्यार्थी विशेष इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

थापालाई रास्वपामा ल्याउन बझाङका युवा व्यवसायी तथा पूर्व संसदीय उम्मेदवार शैलेश सिंहले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

केही दिनअघि मात्रै आफ्नो पुरानो संगठनबाट राजीनामा दिएका थापाको प्रवेशलाई सुदूरपश्चिम, विशेषगरी बझाङमा रास्वपाको संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com