काठमाडाैं । मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपोर्ट गरएको छैन ।

मध्य सुलावेसी प्रान्तको पालुको दक्षिणपूर्वमा बिहान १०ः२७ बजे भूकम्प गएको जनाइएको छ ।

advertisement

इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीका अनुसार भूकम्प पालू र सिगीमा भूकम्पको ठुलो झड्का महसुस गरिएको थियो, तर सुनामीको खतरा भने नरहेको जनाइएको छ ।

दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेसियाको विशाल द्वीपसमूह, प्रशान्त “रिंग अफ फायर“ लगायतमा यसको अस्थितिको कारण बारम्बार भूकम्प आउने गरेको जनाइएको छ ।

यसअघि सन् २०१८ मा पालूमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यस पछि आएको सुनामीका दुइ हजार २०० भन्दा बढीको ज्यान गएको थियो ।

  •  रासस

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com