काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ६०० र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६९० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६४० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
- रासस
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया