काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति  रबि लामिछाने  ले पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन्।

चितवनको भरतपुरमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा जनताको जनमतलाई सम्मान गर्दै अघि बढ्ने र कसैप्रति पनि बदला वा प्रतिशोध नलिने बताए।

उनले राजनीतिक दलहरूबीच देखिएका असहमति र वैमनस्य अन्त्य गरी देश र जनताको हितका लागि सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। साथै, पार्टीभित्र गुट–उपगुटलाई स्थान नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

लामिछानेले कांग्रेस र एमालेभित्र देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै, ती समस्या समाधान नभए मुलुकलाई नै असर पर्ने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com