काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैरकानुनी, गैरन्यायिक तथा प्रतिशोधपूर्ण कदमको संज्ञा दिएको छ।

मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई पूर्वाग्रही ढंगले पक्राउ गरिएको निष्कर्ष निकाल्दै सरकारको कदमको भर्त्सना गरेको हो। बैठकपछि प्रमुख सचेतक ऐन महरले पौडेलको पक्राउ कानुनी राज्य र विधिको शासनविपरीत रहेको भन्दै उनको अविलम्ब बिनाशर्त रिहाइको माग गरिएको जानकारी दिए।

advertisement

एमालेले फरक राजनीतिक विचार राख्ने नेता–कार्यकर्तामाथि सरकारले योजनाबद्ध रूपमा प्रतिशोध साँधिरहेको आरोप समेत लगाएको छ। यस्तै, सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा अघि बढिरहेको दाबी गर्दै त्यसविरुद्ध संसद्भित्र सशक्त संघर्ष गर्ने निर्णय पनि बैठकले गरेको जनाएको छ।

बैठकले चिया निर्यातको समस्या समाधान, पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट प्रभावित उपभोग्य वस्तुको मूल्य नियन्त्रण, प्राकृतिक प्रकोपको पूर्वतयारी तथा मलको सहज आपूर्तिका लागि पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com