चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन समितिले विद्युतीय मतदान प्रणालीमार्फत मतदान गराउन आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा भएको जनाएको छ।

महाधिवेशनको चौथो दिन सञ्चालन हुने निर्वाचनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) तयारी अवस्थामा राखिएको छ। प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ।

advertisement

निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया सहज, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक प्राविधिक परीक्षण तथा व्यवस्थापनको काम सम्पन्न भइसकेको छ। एक प्रतिनिधिलाई मतदान गर्न औसत १० देखि १५ मिनेटसम्म लाग्ने अनुमान गरिएको छ।

सोही आधारमा बुधबार राति ८ः३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका तय गरिएको छ। मतदानअघि प्रतिनिधिहरूलाई ईभीएमको प्रयोगबारे जानकारी गराउन तथा सम्भावित प्राविधिक जटिलता कम गर्न डेमो अभ्याससमेत सञ्चालन गरिएको छ। प्रतिनिधिहरूलाई मतदान मेसिनको प्रत्यक्ष प्रयोग गरी अभ्यास गर्ने अवसर पनि प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनअन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। त्यसपछि प्राप्त नतिजाका आधारमा पदाधिकारी चयनको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

रास्वपाले पहिलोपटक व्यापक रूपमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्न लागेकाले यसले निर्वाचनलाई छिटो, व्यवस्थित र थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com