काठमाडौं । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई प्रयोग गर्ने सरकारी गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ। बुधबार बिहान मन्त्रालय परिसरमा पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको गाडीमा क्षति पुर्याइनुका साथै मन्त्रीको झण्डासमेत भाँचिएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको छ। सीसीटीभी फुटेज अध्ययन गर्दै संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र मन्त्री भट्टराई गाडीमा नरहेको बेला तोडफोड भएको बताइएको छ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












प्रतिक्रिया