काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति कडा आपत्ति जनाउँदै त्यसको वास्तविक कारण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। एमालेका तर्फबाट सांसद पुष्पराज कँडेलले प्रतिनिधिसभा बैठकमै उक्त विषय उठाउँदै पक्राउ राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सरकारले पौडेललाई पक्राउ गरेपछि संसदमा धारणा राख्दै कँडेलले यो घटना विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाइएका आरोपकै निरन्तरता भएको दाबी गरे।

उनले सरकारले उच्च पदस्थ व्यक्तिमाथि पनि कारबाही भइरहेको देखाउने, विपक्षी दललाई त्रसित बनाउने र एमालेको छवि धुमिल पार्ने उद्देश्यका साथ पौडेललाई पक्राउ गरेको आरोप लगाए।
‘विष्णु पौडेल निर्दोष हुनुहुन्छ। उहाँमाथि राजनीतिक प्रतिशोध साँधिएको छ,’ कँडेलले संसदमा भने।

सांसद कँडेलले सरकारले करका दरसम्बन्धी सूचना चुहाएर अनियमितता गर्ने तर त्यसको दोष अरूमाथि थोपर्ने प्रवृत्ति देखाएको आरोपसमेत लगाए। उनले कुनै ठोस आधारबिना पक्राउ गरिएको भन्दै विष्णु पौडेललाई तत्काल रिहा गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com