काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न जिल्लाबाट २५ जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंबाट दुई जना, दाङ र रूपन्देहीबाट एक/एक जना तथा कैलालीका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन्। त्यसैगरी गोरखाबाट दुई जना, बाँके र दार्चुलाबाट एक/एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, सुनसरीबाट दुई जना, धनकुटाबाट पाँच जना तथा मोरङ र सिन्धुलीबाट एक/एक जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेका छन्।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया