काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवा लाई प्रभावकारी र जनमुखी बनाउन आधुनिकीकरण तथा वितरण प्रणालीको पुनर्संरचना अपरिहार्य रहेको बताएका छन्।

हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले नागरिकका कागजात तथा पार्सल सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।

उनले हुलाक सेवा विभाग र निजी वितरण सेवा प्रदायकसँग सहकार्य गर्दै कानुनी तथा व्यावहारिक समस्या समाधानमा सरकार अघि बढिरहेको जानकारी दिए।

मन्त्री तिमिल्सिनाका अनुसार डिजिटल प्रविधिसँग नजोडी, सेवा संरचना बलियो नबनाई र वितरण समय नघटाई हुलाकलाई प्रतिस्पर्धी बनाइराख्न सम्भव छैन।

उनले बदलिँदो उपभोक्ता माग र जीवनशैलीअनुसार हुलाक सेवामा संरचनागत सुधार गरी नयाँ ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com