काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवा लाई प्रभावकारी र जनमुखी बनाउन आधुनिकीकरण तथा वितरण प्रणालीको पुनर्संरचना अपरिहार्य रहेको बताएका छन्।
हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले नागरिकका कागजात तथा पार्सल सुरक्षित र समयमै गन्तव्यमा पुर्याउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए।
उनले हुलाक सेवा विभाग र निजी वितरण सेवा प्रदायकसँग सहकार्य गर्दै कानुनी तथा व्यावहारिक समस्या समाधानमा सरकार अघि बढिरहेको जानकारी दिए।
मन्त्री तिमिल्सिनाका अनुसार डिजिटल प्रविधिसँग नजोडी, सेवा संरचना बलियो नबनाई र वितरण समय नघटाई हुलाकलाई प्रतिस्पर्धी बनाइराख्न सम्भव छैन।
उनले बदलिँदो उपभोक्ता माग र जीवनशैलीअनुसार हुलाक सेवामा संरचनागत सुधार गरी नयाँ ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार













प्रतिक्रिया