काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्। पार्टीका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालयमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।
चितवनमा सम्पन्न महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। सभापति लामिछानेले भने चितवनमै शपथ लिइसकेका छन् भने केही पदाधिकारीको मनोनयन प्रक्रिया अझै बाँकी रहेको पार्टीले जनाएको छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com