एजेन्सी । पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले बताए ।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको बताउदै तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सेरानीले बताउनुभएको छ । बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दर्घटना भएको सेरानीले बताएका छन् । दुर्गम पाहाडी क्षेत्रमा दुर्घटना भएको कारण, उद्धारमा कठिनाइहरूको सामना गर्नुपरेको उनले बताए ।

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस प्रान्तीय राजधानी क्वेटाबाट उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको पुष्टि गरेका छन्। दुर्घटनाको सुचना पाए पछि दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा तैनाथ रहेको उनले बताएका छन् ।

पाकिस्तानमा ट्राफिक नियमको उलङ्घन, उच्च गति, र कमजोर सडक सुरक्षा मापदण्ड र लापरवाहीपूर्ण ड्राइभिङ्गका कारण धेरै सडक दुर्घटनाहरू हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com